arrow

नेपालमा पाँचवटा ट्रक छिरेपछि रक्सौलमा फेरि नाकाबन्दी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
raksaul-new.jpg.jpeg
काठमाडौं । मधेस केन्द्रीत दलले नाकामा धर्ना दिन थालेको साढे पाँच महिनापछि पहिलोपटक वीरगन्ज रक्सौल नाका शुक्रवार दुई घन्टाका लागि खुल्यो। शुक्रवार विहान मितेरी पुल हुँदै पाँचवटा मालबाहक ट्रक रक्सौलबाट छिरे। 
भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रवार विहान आठ बजेतिर आन्दोलनकारीले धर्ना दिएको मितेरी पुलबाट वीरगन्ज प्रवेश गरे। नाकाबन्दीका कारण वीरगन्ज लामो समयदेखि अलपत्र सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रसौल गएका छन्। 
 
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ-विहान आठ बजेदेखि १० बजेसम्म जिप, कारलगायत चारपांग्रे साना सवारी साधनका साथै टेम्पो, रिक्सा र टाँगा पनि धर्नास्थलबाछै निर्बाधरुपमा ओहोरदोहोर गरेका थिए। मितेरी पुलको धर्नास्थलमा बिहान आठ बजेतिर दुईजनामात्र आन्दोलनकारी बसेको बेला मालबाहक ट्रक ओहोरदोहोर गरेका हुन्। 
 
रक्सौलबाट मालबाहक ट्रक छिरेको अबर पाएलगत्तै वीरगन्जबाट गएका आन्दोलनकारीले शुक्रवार विहान १० बजेदेखि फेरि नाका ठप्प पारेका छन्। संघीय समावेशी मधेसी युवा गठबन्धनका साथै मधेसी दलका नेता र कार्यकर्ताले मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गर्दै नाका फेरि अबरुद्ध गरेका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ