arrow

मेयर कप फुटबलकोे उपाधी वालिङ नगरपालिकालाई

logo
नारायण रिजाल,
प्रकाशित २०७४ माघ २१ आइतबार
Football.jpg

बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा आयोजित प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी  स्वाङजाको वालिङ नगरपालिकाले प्राप्त गरेको छ ।
 
आईतबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाईनल खेलमा पोखरा लेखनाथ महानगरलाई वालिङ नगरपालिकाले १–० को गालेअन्तरले उपाधि हासिल गर्न सफल भएको हो ।  
फाईनल खेलमा पोखरा लेखनाथलाई वालिङका सफल थापाले खेलको  पहिलो मिनेटमा नै गोल हानेका थिए ।   

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा लेखनाथबाट  वालिङलाई प्रहार गर्न खोजेको गोल वालिङका गोलकिपर राजबाबु थापाले रोक्न सफल भएका थिए ।

बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापनमा नकआउटका आधारमा संचालित प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल आईतबार हुनेछ ।

मेयर कपको विजेता  वालिङ नगरपालिकाले  २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने पोखरा लेखनाथ महानगरले  १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेलले प्रदान गरेका थिए । सो अवसरमा बोल्दै पौडेलले खेलले स्वास्थ्यमा मात्र नभएर युवाहरुको प्रोत्साहनका लागि पनि मद्धत गर्ने बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको रुपमा वालिङ नगरपालिकाका राजबाबु थापालाई १० रुपैया तथा  तथा उत्कृष्ट गोलरक्षक, पोखरा लेखनाथका बिशाल श्रेष्ठ, र उत्कृष्ट रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ