arrow

मौन अवधि जारी, कुन प्रदेशमा के अवस्था ?

logo
प्रकाशित २०७४ माघ २२ सोमबार

काठमाडौँ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि जारी रहेको छ ।

निर्वाचन आयोगले चुनाव सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र मतदाताले चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने गरी मौन अवधि लागेको जनाएको छ । 

प्रत्येक प्रदेशबाट ३ महिला, ३ खुला, १ दलित र १ अल्पसंख्यक या अपांगता भएका गरी ८ जना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित हुनेछन् । 

एक महिलासहित तीन जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

कुन प्रदेशमा छ कस्तो अवस्था ? 
प्रदेश नम्बर २ मा बाहेक अन्य प्रदेशमा निर्वाचन हुँदैछ । हरेक प्रदेशमा ८ जना निर्वाचित हुनेछन् । 

प्रदेश २ बाट भने आठै जना निर्विरोध निर्वाचित भएका छन् । त्यहाँ मतदान गर्नै परेन । 

त्यसैगरी अन्य प्रदेशमा पनि सबै गरी १६ जना निर्विरोध भएका हुन् । ३२ सिटका लागि बुधबार ६ वटा प्रदेशमा निर्वाचन हुँदैछ ।

आयोगले निर्वाचक मण्डल (प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ