arrow

कराँते खेलाडीहरुबीच भिडन्त !

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
karate.jpg

ललितपुर । ललितपुरको बज्रबाराहीमा अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता हुने भएको छ । उक्त कराँते प्रतियोगिता बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँले गर्न लागेको हो । 

यही माघ २६ र २७ गते गोदावरी नगरपालिका वडा नं ११ बज्रबाराहीमा हुने उक्त सो–क्योकुसिन कराँते प्रतियोगितामा मित्रराष्ट्र भारत र जिम्मावेका खेलाडीहरु सहभागी हुने डोजोका प्रमुख जय देसारले जानकारी दिए ।

विसं २०५४–०५५ सालमा स्थापित उक्त डोजोले २०६३ सालदेखि हालसम्म १० वटा कराँतेका प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ । 

विगतमा राष्ट्रिय प्रतियोगिता मात्रै सञ्चालन गरेको बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँले यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । दुई दिनसम्म चल्ने कराँते प्रतियोगितामा पेटमा गाडी कुदाउने, अण्डामाथि टेकेर आइस हाल्ने लगायतका डेमोस्ट्रेशन हुने आयोजक डोजोका प्रमुख जय देसारले वताए ।

दुई दिनसम्म चल्ने उक्त कराँते प्रतियोगितामा करिव ८० जना खेलाडीहरु सहभागी हुने आयोजक डोजोले जनाएको छ । खेल अवधिभर खेलाडीहरुका लागि खाने बस्ने सुविधा सहित सामान्य खर्चको समेत आयोजक डोजोले व्यवस्था मिलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ