arrow

काठमाडौं प्रवेशद्वार कलंकीमै ठूलो अस्पताल अवैध, बन्द गर्न सात दिनको समय

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
nepal_national_hospitol.jpg

काठमाडौं । काठमाडौंको कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटल अनुमति विना सञ्चानल भइरहेको खुलासा भएको छ । अस्पतालको अनुगमन गर्न निस्किएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोली यो हस्पिटलले सरकारी निकायबाट अनुमति नै नलिएको पत्ता लगाएको हो ।

अनुगमनका लागि कलंकी पुगेका विभागका निर्देशक  निरज पौडेलले भने, ‘सोध्दै जाँदा अनुमति नलिएको भेटियो । हामीले ७ दिनभित्रमा बन्द गर्न भनेका छौँ । अहिले विरामीको विचल्ली हुने भएका कारण तुरुन्त बन्द गर्न सकिएन । हामीले ७ दिनेको समय दिएका छौँ ।’

नेपाल नेशनल हस्पिटलका नामबाट चलिरहेको यो हस्पिटलले स्वास्थ्य सेवा विभागमा बुझाएको आशयपत्रमा २५ शय्या लेखेकामा त्यो पनि स्वीकृत नभएको र अहिले ५० शय्याको पूर्वाधारमा चलाईरहेको बुझिएको पौडेलले बताएका छन् ।

आशयपत्र स्वीकृत भएपछि स्वास्थ्य सेवा विभागको टोली गएर अनुगमन गरेर मापदण्ड पुगे नपुगेको यकिन गरेपनि मात्रै सञ्चालन अनुमति पाउनेमा अहिले अस्पतालले धमाधम विरामीको उपचार र चिरफार गरिरहेको भेटिएको बताइएको छ ।

गएको वर्ष मात्रै काठमाडौंको कलंकीचोकस्थित यो हस्पिटलले १० वेडको अत्याधुनिक नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) सञ्चालनमा ल्याएको थियो । त्यो मध्ये ४ वटा कक्षमा भेन्टिलेटरसहित राखिएको छ । यसरी अस्पताल नै बन्द गर्नु पर्ने अवस्था आएको यो नै सम्भवतः पहिलो पटक भएको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ