arrow

चेल्सीको यो सिजनकै खराव प्रदर्शन, वाटफोर्डसंग रातोकार्डसहित ४–१ को हार

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
chelsea8.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले जारी सिजनकै लज्जास्पद हारको सामना गर्नुपरेको छ । 

चेल्सीले वाट्फोर्डसंग ४–१ को हारको सामना गरेको हो । सोमबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा ३० मिनेटमै बाकायोकोले दोहोरो पहेंलो कार्ड खाएपछि १० जनामा समेटिएको चेल्सीले ४२ औं मिनेटमा पेनाल्टी गोल खायो । 

८२ औं मिनेटमा एडन हेजार्डले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । तर अप्रत्याशित तरिकाले ८४ देखि ९० मिनेटसम्म ३ गोल गर्दै वाट्फोर्डले नसोचेको ठूलो सफलता हासिल गर्यो । 

यो हारले भने चेल्सीको दोस्रो स्थानको दावेदारी समेत कठिन बन्दै गएको छ । 

लिगमा २६ खेलबाट ६९ अंकको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ५६, लिभरपुलको ५१ र चेल्सीको ५० अंक छ । 

उपाधि होड टाढिए पनि चेल्सीको दोस्रो स्थान दावेदारी कायमै छ । तर यसरी भोगेको हारले भने टिम रन्थनिएको छ । 
Watford scored three goals in the final six minutes to record a remarkable 4-1 victory over Chelsea on Monday night

The former Everton forward placed the ball past Thibaut Courtois moments after Daryl Janmaat had put the home side 2-1 up

Janmaat restored Watford's lead only a couple of minutes after they looked to have surrendered victory on Monday night

 

The result piles the misery on Blues boss Conte, whose side have now suffered two humiliating defeats on the bounceRoberto Pereyra came off the bench and completed the rout for Watford with a well-taken finish in stoppage time on Monday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ