arrow

रोकी राखेको मोटर साईकललाई ठक्कर दिदा एकको मृत्यु

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ माघ २३ मंगलबार
taktar.jpg

कैलाली । ट्याक्टरले  मोटरसाइकललाई ठक्कर दिदा कैलालीको बौनियामा मंगलवार विहान एक जनाको घटनास्थलमै ज्यान गएको छ । भने एक जना घाईते भएका छन ।

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत बर्दगोरीया गाउँपालीका २ सड्कपुर बौनियामा सडक किनारामा रोकि मोबाइलमा कुराकानी गरी रहेका वन टेष्ट मोटरसाइकल सवार बौनियाका  करे सार्की र दिनेश भण्डारीलाइ पुर्ब देखि पश्चिम तर्फ जादै गरेको से १ त ४४०९ नम्बरको  ट्याक्टरले ठक्कर दिएको हो ।

 ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार करे सार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । भने दिनेश भण्डारीलाई सामान्य चोट लागेको छ । ट्याक्टर चालक गोपाल विक र साहु प्रकाश विकलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बौनियाका सह ईन्र्चाज राम चन्द्र पन्तले जानकारी दिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ