arrow

तीन बर्ष अघि गाडीएको शव उत्खनन् गरी कर्तव्य ज्यान मुद्दा चलान

logo
जीवन शर्मा,
प्रकाशित २०७४ माघ २३ मंगलबार
murder.jpg

ओखलढुंगा ।  यहास्थित चिशंखुगढी गाउपालिका ८ माम्खामा तीन बर्ष अघि हत्यागरी गाडीएको शव उत्खनन गरेर अपराधिलाई कर्तव्यज्यान मुद्धा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हत्या गरी गाडिएको व्यक्तिको शव उत्खनन् गरेर अभियुक्त विरुद्ध सोमवार कर्तव्य ज्यान मुद्दा चलाएको हो  ।  

फरेन्सिक मेडिसिन विभागका विशेषज्ञसहितको टोलीले हत्या गरी गाडिएको शव उत्खनन् गरेर डिएनए परीक्षण गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
 
स्थानीयको विवाहमा विवाद हुँदा ०७१ साल वैशाख १० गते कुटपिटपछि मृत्यु भएका चिसंखुगढी गाउँपालिका वडा नम्बर ८ माम्खाका खिरमान भनिने सुरधन राईको शव तीन वर्षपछि उत्खनन् पछि आरोपित लाई गते मंसिर ८ गते  गिरफ्तार गरेको थियो  ।

 शव उत्खनन्मा विभागका डाक्टर रिजन श्रेष्ठ, मणी महर्जन, कष्चेव श्रेष्ठ र प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनासहितको टोलीले ०७४ कात्तिक १६ गते शव उत्खनन् गरेको प्रहरीले जनाएको छ  । डिएनए परीक्षणबाट मृतककै शव भएको र निजको हत्या गरिएको प्रमाणित भएको तिमिल्सिनाले बताए  ।

जिल्ला सरकारी वकिल कार्यालयले शव उत्खनन् गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि विशेषज्ञ सहितको टोलीले उत्खनन् गरेर ०७४ मंसिर ८ गते अभियुक्त मध्येका एक गौधन राईलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । एक जना आरोपित अझै फरार छन्  ।

   विवाहमा विवाद हुँदा  माम्खा ८ का गौधन राई र जीतबहादुर राईले जन्तीलाई ओच्छ्याउने गुन्द्रीको विषयलाई भएको झगडा पछि निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट घाइते राईको एक दिनपछि ०७१ वैशाख ११ गते ज्यान गएको थियो । घटनापछि छिमेकीले परिवारकै सहमतिमा दाहसंस्कार गरेको बताएपनि स्थानीय प्रत्यक्षदर्शी गड्लध्यव राइ लगायतका केही छिमेकीलाई घटनाप्रति चित्त नबुझेर हुलाक मार्फत उजुरी गरेका थिए  ।

लामो समयपछि  प्रहरीले उजुरी दर्ता गरेको उक्त घटनालाई आफै मृत्यूभएको भन्दै मिलाउन  केही राजनीतिक दवाद आएपनि अनुसन्धानका क्रममा घटना घटाइएकै हुनसक्ने भनी अनुसन्धानलाइ गहिराइमा पुर्याइएको प्रहरीले जनाएको छ  ।

राष्ट्रिय मानवअधिकार आयोग र प्रहरी प्रधान कार्यालयले समेत उजुरी दर्ता गर्न दवाव दिएपछि प्रहरीले ०७३ जेठ १० गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । कर्तव्य ज्यान मुद्दामा शव नै उत्खनन् गरेर मुद्दा चलाएको यो प्रदेश नम्बर १ कै पहिलो घटना भएको प्रहरीले दावी गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ