arrow

लुम्बिनी सांकृतिक नगरपालिका फागुन १४ मा खुल्ला दिशामुक्त हुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २३ मंगलबार
lumbini.png

बुटवल । रुपन्देहीको लुम्बिनी सांकृतिक नगरपालिका फागुन १४ गते खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ ।

जिल्लामा रहेका १६ स्थानिय निकायमध्ये सबै भन्दा समस्या यो नगरपालिमा भएकोले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न ढिलाई भएको  खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बुटबलले जनाएको छ ।
बिश्वशान्तिको मुहान लुम्बिनीमा रहेको यो नगरपालिका खुल्ला दिशामुक्त बनाउन  नसक्दा बिश्वमानै गलत शन्देश जाने भएकोले  अब जसरी भएपनि छिटो बनाउनु पर्ने लुम्बिनी नगरपालिकामा भएको एक कार्यक्रमा बताईएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी सांकृतिक नगरपालिका मेयर मनमोहन चौधरीले  खुल्ला  दिसामुक्त बनाउन  चिसोको कारणले केहि ढिलाईभएको बताउदै  अहिले नगरपालिकामा  सौचालय बनाउ बाकी रहेका  सबै वडामा तिब्र रुपले काम भैरहेको बताए ।

जनप्रतिनिधि आएपछि  सौचालयबनाउने काम तिब्र बनाएका छौ जमिन नभएका  सौचालय बनाउन नसक्ने लाई अनुदान दिएर भएपनि  अहिले काम भैरहेको बताएका छन । नगरपालिका  ११ र १२ मा खुल्ला दिशामुक्त घोषणा भैसेका छन भने अब बाकी रहेका  अरु वडाका २ सय५ घरमा सौचालय बनाउने काम तिब्र भएको बताएका छन ।

कार्यक्रममा  खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बुटबलका ईन्जिनियर धुर्ब धिताल लुम्बिनीमा आउने पर्यटकमा पनि  गतल  सुचना  जानेहुदा छिटो बनाउनु पर्नै बताउदै   खानेपानी तथा सरसफाईबाट केहि सहयोग आबश्यक भए उपलब्ध गराउन आफुहरु तयार रहेको बताए ।

खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष धुर्बकुमार धितालले खुल्ला दिशामुक्त बनाए रोग नियन्तण का साथै बिकासको सुचकपनि अघि बढने बताए । सबै मिलेर तोकिएकै समयमा नगरपालीकालाई खुल्ला दिशामुक्त बनाउन लाग्नु पर्ने बताए ।

  नगरपालिका सबै वडाअध्यक्षहरुले आफनो बडालाई  सौचालय बनाउ ताकेता गरेको र नबनाए बहिस्कार गर्नेजस्ता काम गर्ने बताएपछि   नबनाएकाले समेत बनाउन र केहि नभएकालाई सहयोग दिएर बनाउन थालेका बताएका छन ।

कार्यक्रमाबोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रबिधीक ईश्वरी प्रसाद आर्चायले  बुझेर पनि  नबुझेजस्तो गरेर हेलचेक्रयाईको कारण समस्या भएको बताए । कार्यक्रमा  जिल्ला जनस्वानस्थ्यकार्यलयका मिना पन्थी,सुआहरका श्रृजना पन्थी  जिल्ला समन्यसमितिका प्रतिनिधि संञ्चारकर्मीले बोल्दै  बिश्वमानै गलत शन्देश जाने भएकोले  सबैकोले सहयोग गरि छिटो खुल्ला दिशामुक्त बनाउन आग्रह गरे ।

भेलापछि मेयर मनमोहन चौधरीको संयोजक्त सबै वडाका अध्यक्ष सदस्य र प्रमुख कार्यकारी अधिकृत सदस्यसचिब रहेने गरि  खुल्लादिशा मुक्त घोषणा गर्नको मुलसमिति बनाईएको छ । जिल्ला खानेपानी तथा सरसफाई टोलीले गाउ गाउमा गएर अनुगमन गरेको छ   खानेपानी तथा सरसफाई डिभिजन कार्यलय को संयोजक्तमा  शिक्षा स्वास्थ्य जिल्ला समन्यसमिति संञ्चारकर्मिहरुको टोलीले लुम्बिनी सांकृतिक नगरपालिका बिभिन्न बडामा भैरहेको कामको अनुगम गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ