arrow

ब्लड क्यान्सर पिडित मदनलाई सहयोग जुट्दै

स्कुले विद्यार्थी चिया बेचेर सहयोग जुटाउँदै

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
madan_kc_bachau_photo.jpg

चरिकोट ।  ब्लड क्यान्सरबाट अस्पतालको सैयामा छटपटाइरहेका दोलखाका  बिद्यार्थी मदन केसीको उपचारका लागि सहयोग जुट्ने क्रम बढीरहेको  छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविमा अध्ययनरत मदनको उपचारका लागि उनले यस अघि पढेको गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले  चिया बेचेर आर्थिक सहयोग संकलन अभियान थालेका थिए ।

उनको उपचारका लागि राजधानीको क्षेत्रपाटी स्थित छत्रपाटी निःशुल्क चिकित्सालयले ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ। चिकित्सालयका अध्यक्ष बिजय बहादुर मालीले सिभिल अस्पताल पुगेर चेक हस्तान्तरण गरेको जनाइएको छ। विजय बहादुर जस्तै स्वदेश र विदेशमा बस्ने धेरै नेपालीहरुले सहयोग गरिरहेका छन्।  

सदरमुकाम चरिकोटमा बिद्यार्थीले सुरु गरे्को अभियानमा समेत सहयोग उठ्ने क्रम बढेको छ। १७ गते बाट सुरु भएको अभियानमा मंगलबार सम्म ३ लाख २ हजार ६ सय ७५ रुपैंया संकलन भएको बालबालिकालाई अभियानमा सघाईरहेकी शिक्षिका विन्देश्वरी खतिवडाले जानकारी दिईन् । उनिहरुको अभियान २४ गते सम्म चल्नेछ ।

बालक केसीको उपचार राजधानीको सिभिल अस्पतालमा भईरहेको छ। उनको उपचारका लागि २० देखि २५ लाख रुपैंया सम्म खर्च लाग्न सक्ने चिकित्सकले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ