arrow

मनाङमा हिमपात

logo
नवीन लामिछाने,
प्रकाशित २०७४ माघ २३ मंगलबार
manang1.jpg

मनाङ। मनाङमा पुन : हिमपात भएको छ। हिमपातसँगै मनाङको जनजिवन प्रभावित भएको छ । मंगलवार साझ ५ वजे देखि निरन्तर हिमपात भएको हो। यो हिमपात यो हिउँदको दोस्रो हिमपात हो। केहि दिन अघी यो बर्षकै पहिलो हिमपात भएको थियो। सो हिमपातले केहि दिन जनजीवन समेत प्रभावित भएको थियो। 

यो पटक हिउँ ढीलो गरि परेको छ। सामान्यतया यो सिजनमा हिउँ पर्ने भएपनि मंसिर र पुषमा भने हिउँ परेन। हिमपातले स्थानियलाई समस्या भएपनि बाहिरबाट आएका पर्यटकहरुलाई भने यसले मनोरञ्जन समेत दिएको छ। उनीहरु हिउँ खेलिरहेका भेटिन्छन। तर अत्यधिक चीसोका कारण धेरै घरबाट बाहिर निकस्न सकेका छैनन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ