arrow

चुडामणि शर्माको घरमा तोडफोड

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
chudamani-sharma.jpg

काठमाडौं। आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड भएको छ। आज दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०-४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताए। प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए। सोही बेला प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ