arrow

इन्सपेक्टरको नतिजा : प्रहरीको सूचना लोकसेवाको नियमावलीसँग बाझियो

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
loksewa_police.jpg

काठमाडौं । नेपालले प्रकाशित गरेको प्रहरी निरीक्षक(इन्सपेक्टर) पदको नतिजामा उल्लेखित व्यहोरा लोकसेवा नियमावली र प्रहरी नियमावली २०७१को व्यवस्थासँग समेत बाझिएको छ । लोकसेवा आयोगले लिने परीक्षामा नियमावली अनुसार लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि सो नतिजामा उत्तीर्ण भएकाहरुले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने भएपनि प्रहरीले जारी गरेको सूचनामा शारीरिक तन्दुरुस्ती र लिखित परीक्षा दुबैलाई आधार मानेर नतिजा प्रकाशित गरिएको उल्लेख गरिएको छ । 

लोकसेवा नियमावलीको परिच्छेद ७ ले अन्तर्वार्ता सम्बन्धी व्यवस्था शीर्षकमा यो व्यवस्थालाई उल्लेख गरेको हो । जस अन्तर्गत् नियमावलीको दफा २६ को उपदफा २ ले 'लिखित परीक्षा र प्रयोगात्मक परीक्षा समेत हुने पदमा लिखित परीक्षाबाट छनौट हुने उम्मेदवारलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा समावेश गराईने छ ।' भन्ने व्यवस्था गरेको छ । 

यो पनि पढ्नुहोस् 

यस्तो सेटिङ गरेछन् पूर्व आईजीपी अर्याल र अख्तियार प्रमुख बस्न्यातले

तर, प्रहरीको सो पदको नतिजा प्रकाशन गर्ने बेलामा भने लिखित परीक्षा र प्रयोगात्मक परीक्षाको नतिजा एकैपटक प्रकाशित गरिनु नै गलत भएको आरोप लागेको छ । यसरी नियमावली विपरित नतिजा सार्वजनिक गरिएको विषयमा नेपाल प्रहरीका विभागीय परीक्षार्थी र खुल्लाबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरु कानूनी उपचारको लागि अदालत जाने तयारीमा पुगेका छन् । 

प्रहरी नियमावली २०७१ को नियम १५ ले पनि पदपूर्ति समितिले यस नियमावली बमोजिम लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा उम्मेदवारको रोल नम्बर, नाम र थरसमेत उल्लेख गरी वर्णानुक्रमको आधारमा केही प्रतिशत थप परीक्षार्थीको नाम समेत समावेश गरी नतिजा प्रकाशन गर्नु पर्ने उल्लेख गरेको छ । जस अन्तर्गत् १ देखि ५ जनासम्म माग भएको भए २ जना थप, ६ देखि १० सम्म भएमा ३  जना थप गर्नुपर्ने भनिएको छ । यस्तै गरी ४१ र सोभन्दा माथि जतिसुकै भएमा २० प्रतिशत थप परीक्षार्थीको नाम लिखित परीक्षाको नतिजामा प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सोही दफाको उपनियम २ मा उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोगात्मक परीक्षा हुने पदमा लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाका लागि छनौट गर्दा पद पूर्ति गर्नु पर्ने पद संख्या १ देखि ५ सम्म भएमा थप ५ जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ । पद पूर्ति गर्नु पर्ने पद संख्या ६ वा सो भन्दा बढी भएमा सो पद संख्याको दोब्बर संख्यामा उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्ने उल्लेख गरेको छ । तर, यो नतिजा प्रकाशित गर्दा लिखित र प्रयोगात्मक दुबै परीक्षा एकैपटक प्रकाशित गरेर आफ्नै नियमावलीको समेत उल्लंघन गरेको भेटिएको छ । 

नेपाल प्रहरीको पाठ्यक्रम अनुसार ५० नम्बरको शारीरिक तन्दुरुस्तीको नम्बरको प्रयोगात्मक परीक्षा छुट्टै र लिखित परीक्षाको ४ विषयमा ४ सय पूर्णांकको परीक्षालाई छुट्टा छुट्टै लिने भन्ने व्यवस्था गरिएको छ । प्रहरीको शारीरिक तन्दुरुस्तीको परीक्षामा दिईने अंक परीक्षार्थीले प्रदर्शन गरेको क्षमताको आधारमा निरीक्षकले चाहेजति नम्बर दिनसक्छ । त्यसैले यो परीक्षा निस्पक्ष हुँदैन भन्ने प्रहरी बृत्तमा आरोप समेत लाग्ने गरेको छ । तर, लोकसेवा आयोगले लिएको लिखित परीक्षा निष्पक्ष हुने भनिएकोमा नतिजा सार्वजनिक गर्ने बेलामा भने शारीरिक तन्दुरुस्ती र लिखित परीक्षाको समेत नतिजा एकैपटक गर्दा लेख्न नजान्ने परीक्षार्थीलाई पनि प्रयोगात्मक परीक्षाको नम्बरबाट उत्तीर्ण गराईएको आरोप लाग्ने गरेको छ । नियमावली विपरित गरिएको कार्यमा यति समस्या आउँदा यसमा सांगठनिक स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएको पुष्टि भएको छ । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ