arrow

भारतले अचानक रोक्यो माेदीले सुरु गरेको काशी-पशुपतिनाथ बस सेवा

logo
प्रकाशित २०७४ माघ २४ बुधबार

काठमाडौं । तीन वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको विश्वनाथ पशुमतिनाथ बस सेवा बन्द भएको छ । यी दुई शिवालयबीचको सीधा बससेवाबाट एक पटकमा ४० जनासम्म यात्रुहरुले सेवा लिईरहेकोमा गत जनवरी ३१ देखि सो सेवा बन्द भएको हो । 

उत्तर प्रदेश सरकारको राज्य सडक परिवहन निगम (रोडवेज)ले नवीकरण गर्नुपर्ने अनुबन्धन नवीकरण नगरेपछि सो बस सेवा बन्द भएको हो । ३ वर्ष पछिले प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउने भन्दै पहिलो पटक सुरुवात गरेको सो बस सेवा मोदीकै पालामा बन्द भएकको हो । 

उत्तर प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री अखिलेश यादवले वाराणसीमा सजिएको सो गाडीलाई रिवनकाटेर उद्घाटटन गराएका थिए । उनको पालामा सुरु भएको सो बससेवा मुख्यमन्त्री योगी आदित्यनाथको समयमा बन्द भएको हो । 

परिवहन विभागले अहिलेसम्म न त बसको यो रुट नविकरण गर्यो न त अर्काे कुनै बसमार्ग नै सुरु गर्यो । अचानक बन्द भएको बस सेवा यसपछि कहिले सुरु हुन्छ ? यसबारे भारतको परिवहन विभागले केही पनि प्रतिक्रिया दिएको छैन । रोडवेजका क्षेत्रीय प्रबन्धक केके शर्माले कम्पनीसँग भएको अनुबन्धनको समय सकिएकोले बस सेवा बन्द भएको बताएका छन् । दोस्रो बस चलाउनको लागि परिवहन कार्यालयमा परमिट आवेदन पनि परिसकेको छ । परमिट मिलेसँगै बस सेवा फेरि सुरु हुन्छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ