arrow

आइजी प्रकरणका बाघ सिलवाल किन मुसा झैँ दुलो पसे ? (अन्तर्वार्ता)

पार्टी भन्छ सम्पर्कमै छन् : पुलिस भन्छ अनुसन्धान हुँदैछ

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
navaraj-silwal.jpg

आफु आइजीपी हुन नपाएको झोंकमा सर्वोच्चमा बुुझाएको कार्यसम्पदान मूल्यांकनमा गढबढी गरेको भन्दै प्रहरीले खोजीमा राखेपछि, ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्व डी आइजी नवराज सिलवाल गायवको स्थितिमा छन् । शुरुमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन मलेशिया गएको बताएका सिलवाल त्यसपछि कहाँ छन् ? ललिपतुरकी एमाले इन्चार्ज सुशिला नेपाल भन्छिन् सिलवाल हाम्रै सम्पर्कमा छन् । केही पहिले सिलवाल आफैले प्रहरीसँगै छु भने । प्रहरी सँगठनले उनी कहाँ छन् भन्ने भेउ पाएको छैन वा भेउ दिएको छैन । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपालनेले सिलवालको खोजीको विषयमा हेलो देखि फोन काट्दा सम्मको अबधि  १.२.९ सेकेण्ड कुरा गरे । २ मिनेट ९ सकेण्डको कुराकानीमा ६ वटा प्रश्न, ६ वटा उत्तर । तर एउटै उत्तरः “अनुसन्धान प्रक्रिया जारी छ“ । हामीले एमाले ललितपुर इन्चार्ज नेतृ नेपाल र प्रहरी प्रवक्ता नेउपानेसँग कुरा गरेका छौं ।

एमाले ललितपुर इन्चार्ज नेपाल


० लतिलपुर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित सिलवलाको अबस्था बारे पार्टीलाई जानकारी छ ?
- अँ, जानकारी छ ।
० कता हुनहुन्छ ?
-उहाँ सम्पर्कमै हुनुहुन्छ ।
० सम्पर्क भनेको मुलुकभित्रै ?
- अँ, सम्पर्कमै हुनुहुन्छ । यत्ति भन्छु ।
० पार्टी संरक्षणमा हो उहाँ ?
- पार्टी कार्यकर्ता जनप्रतिनिधि भएपछि पार्टीले संरक्षण गर्न परेन र ? पर्यो नि । कुनै एउटा व्यक्तिलाई राज्यले पूर्वाग्रह राखेर हुँदै नभएको कुराहरुमा, जनताले यत्रो मत दिएर जनप्रतिनिधि भइसकेपछि, एउटा व्यक्तिलाई यसरी अनावश्यक रुपमा पछि लागिसकेपछि संरक्षण त गर्नुपर्छ । कार्यकर्ताले आवाज उठाउँदैनन् ? उठाउँछन् नि । हामी नै आवाज उठाउँछौं नि। भोली गल्ती पुष्टि भयो भने उहाँ दोषी हुनुहुँदो रहेछ भने त्यसपछिको कुरा आफ्नो ठाउँमा होला । पुष्टि नै नभएको कुरामा आरोप लाएर एकपछि अर्को खेदेको खेद्यै यो त ठीक भएन नि । यो त एकदम पूर्वाग्रही ढंगले देउवा सरकार लागेको त सबैलाई जगजाहेरै भाको कुरा हो ।
०  तर एक दिन उहाँ एकदिन बाहिर त आउन पर्छ होला नि ?
- बाहिरै हुनुहुन्छ नि । कहाँ जानु भा छ र उहाँ?
०  कुनै पनि बेला प्रहरीले एरेष्ट गर्न सक्छ होला नि ?
-कसरी एरेष्ट गर्छ, किन एरेष्ट गर्ने उहाँलाई, के कारण छ उहाँलाई एरेष्ट गर्ने ?
०  कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोग ?
-पूर्वाग्रही कुरा हो यो ।
० सर्वाजनिक रुपमा किन देखिनुभएको छैन । पार्टी कै नीति अनुसार हो?
-व्यक्तिगत काम हुन्छ। व्यक्तिगत कामले मान्छे काँ जान सक्छ कोही समयमा । यहाँ केही पनि काम नभएको बेला उहाँ आफ्नो व्यक्तिगत काममा कहीँ हुनुहुन्छ होला । पार्टीको सम्पर्कमै हुनुहुुन्छ। उहाँ सम्पर्कमा हुनुहुन्न, भाग्नुभो, फरार हुनुभो त्यस्तो होइन । चाहेको बेलामा मान्छेहरुले भेट्न सक्छन् । मान्छेको व्यक्तिगत कामले दायाँ-बायाँ जान सक्छन् नि । व्यक्तिगत कामले हिँड्नै हुँदैन भन्ने त होइन होला ।
०  उहाँ बाहिर नदेखिँदा र यहाँले भन्नुुभयो पार्टी संरक्षणको कुरा । एमालेले कानूनी राज्य नमानेको सन्देश जाँदैन ?
-एमालेले कानूनी राज्य मान्दैन जल्ले भन्छ तेल्ले नै कानूनी राज्य नमानेको हुन्छ । एमाले नै हो पूर्ण रुपमा कानुनी राज्य मान्नुपर्छ भन्ने, पूर्ण रुपमा संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने । एमालेलाई कसैले सिकाउनुपर्छ जस्तो लाग्दैन । तर शेरबहादुर देउवाले पूर्वाग्रही ढंगले एउटा व्यक्तिलाई लखेटेको लखेट्यै लखेटेको लखेट्यै गरिराको कुरालाई लिएर कानुनी राज्य मान्दैन एमालेले भन्न मिल्छ ? यस्तो पूर्वाग्रह राखेर कुरा गर्न मिल्छ ?
०  सिलवाल जी डराएर बाहिर नआको जस्तो देखियो नि  ?
-काँ को डराको जस्तो देखियो । त्यस्तो हुँदैन ।

प्रहरी प्रवक्ता नेउपाने

० डी आइजी साप मलाई सानो जानकारी लिनुथियो । सोधुँ ?
-हुन्छ ।
० नवराज सिलवालको खोजीकार्य के भइरा छ, अलिकति भन्दिनु न ?
-यो अनुसन्धान प्रक्रियामा छ ।
० खोजी भइरा छ ?
-अँ , अनुसन्धान प्रक्रियामा छ । यो केसमा त्यत्ति नै हो ।
० अरु केही छैन ?
-छैन, अनुसन्धान प्रकृयामा छ ।
० खोजीकार्य जारी छ ?
-त्यै त अनुसन्धान प्रकृयमा छ। मैले अनुसन्धानको कुरालाई धेरै भन्न मिल्दैन । एल्लाई मैले भन्दाखेखि अनुसन्धान प्रकृयामा छ, त्यत्ति नै हो मैले भन्ने ।
० खोजीकार्य अलि फितलो भो भन्छन् नि ?
-हैन, त्यो के हो भने अनुसन्धान प्रकृयमा रहेको कुरालाई मैले अब मिडियामा सम्प्रेषण गर्न मिल्दैन । यो अनुसन्धान प्रकृयामा छ ।
० अत्तोपत्तै छैन हो, अहिलेसम्म ?
-३ सेकेण्ड ग्याप ...... होइन होइन अनुसन्धान प्रकृयामा छ ।
त्यसपछि फोन काटियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ