arrow

स्थानीय तहमा बैंक नहुँदा समस्या

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ माघ २४ बुधबार
bank.gif

पाल्पा  । स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या भएको छ । सरकारी सेवा सुविधा स्थानीय तहमै सञ्चालन भइरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नुपरेको हो ।  सरकारले  सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि अहिलेसम्म  कार्यान्वयन हुन नसक्दा जनताले सास्ती खेप्नु परेको गुनासहरु आउन थालेका छन् ।

 स्थानीय तहमा बैंक नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । साना देखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता रहेको छ ।  सरकारले स्थानिय तहको निर्वाचन लगत्तै सबै गाउँपालिकाको केन्द्रहरुमा वित्तिय  पहुँच पुर्‍याउने घोषणा गरे पनि निर्वाचन सम्पन्न भएको ७ महिना वितिसक्न लाग्दा समेत स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् ।

 पाल्पा जिल्लामा आठ गाँउपालिका रहे पनि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका  केन्द्रमा मात्र निजी क्षेत्रको वाणिज्य बैंकको शाखा खोलिएको छ ।  अहिले सम्म अन्य  गाउँपालिका केन्द्रमा बैंकिङ्ग सुविधा नपुगेको कारण सर्वसाधारण देखि स साना योजनाका उपभोत्ता समितीका पधाधिकारीहरु बैंकिङ्ग कारोबारका लागि सदरमुकाम तानसेन नै आउनुपर्ने बाध्यता रहेको छ ।

 ‘योजना सम्झौता गर्दा गाँउपालिकामा जानुपर्ने र सम्झौता पश्चात बैंक खाता खोल्न फेरी जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको माथागढी गाउँपालिकाका शिशिर भट्टराईले बताए ।’ उनले भने‘ सिंहदरबार गाउँ गाउँमा भन्थे तर अहिले गाउँपालिका र सदरमुकाम दुवै ठाउँमा जानुपर्ने भएकाले समय पनि खेर जाने र खर्च पनि दोहोरो हुने भएकाले झण्झटीलो भइरहेको छ ।’

 सेवा ग्राही मात्र हैन सरकारी कर्मचारीसमेत बैंक नहुँदा ठूलै समस्यामा पर्ने गरेका छन् । बैंक नहुँदा  वडा सचिवहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको लाखौं रकम सदरमुकामबाट बोकेर लैजानुपर्ने बाध्यता छ ।   समस्या माथागढी,  रम्भा , पूर्वखोला, वगनासकाली , निस्दी, र तीनाउ गाउँपालिकाका उपभोक्ताले अहिले सम्म बैंकिङ्क सुविधा प्राप्त गर्न बाट वन्चित भएको सम्बन्धीत गाउँपालिकाका अध्यक्षहरु बताउछन् ।

 गाउँपालिका भित्र  स–साना एक लाख देखि डेढ करोड सम्म योजनाहरु सञ्चालन छन् । उपभोक्ता समितीलाई रकम भुक्तानी दिंदा सदरमुकाममा रहेको  वाणिज्य बैंकको चेक काटिदिनु परेको छ । उपभोक्ता समितीलाई मात्र नभई सर्वसाधारण लाई समेत अप्ठारो भएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।

 गाउँपालिकाको केन्द्रहरुमा  बैंकिङ्क सुविधा पुग्ने भए पनि सुरक्षा र इन्टरनेटको समस्या , भौगोलिक विकटताका कारण गाउँ पुग्न नसकिएको बैंक सञ्चालकहरु बताउँछन् । समस्या सुरक्षा र इन्टरनेटको हो ।  उनिहरु भन्छन्, सरकारले सबै गाउँपालिका केन्द्रहरुमा बैंकिङ्क पहुँच पुर्‍याउने भन्ने तर त्यसका पूर्वधार निर्माणका लागि पहल नगर्दा समस्या उत्पन्न भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ