arrow

प्रदेश ४ मा २२९ ले गरे राष्ट्रियसभाको मतदान, मनाङ्गे गएनन्

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २४ बुधबार
manage.jpg

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान सकिएको छ ।   बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजेसम्म चलेको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  प्रदेशका स्थानीय कुल  तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन् ।  मनङबाट निर्वाचित प्रदेश सांसद  राजिब गुरुङ ( दिपक मनाङ्गे) भने मतदानमा सहभागि भएनन् ।


मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएसँगै दिउँसो ३ बजेवाट मतगणना शुरु गर्नेगरी तयारी गरिएको छ । सो प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित  भइसकेका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ