arrow

धनकुटालाई स्थायी राजधानीका लागी पहल गर्ने देउवाको आश्वासन

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
dhankuta_(2)1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर वहादुर  देउवाले वर्तमान सरकारले जनताका पक्षमा धेरै राम्रा र प्रत्यक्ष फाईदा पुग्ने काम गरिरहेको वताएका छ्न् । आफ्नै   सरकारी निवास बालुटारमा धनकुटा कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग छलफलका क्रममा देउवाले अव सवै मिलेर पार्टीलाई सवैभन्दा ठूलो र शक्तिशाली बनााउर्दै पहिलैको अवस्थामा पुऱयाउने वताए।

ऐतिहासक रुपमा रहेको धनकुटालाई जिवन्त राख्न आफुले सक्दो सहयोग गर्ने र स्थायी राजधानी बनाउन समेत आफ्नो तर्फबाट पहल गरी सहयोग गर्ने देउवाले आश्वासन दिए ।असन्तुष्ट भइ राजिनामा दिएका नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा सुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुसंग नेपाली काँग्रेस पार्टी सभापति समेत रहेका प्रधान मन्त्री देउवाले राजीनामा दिएर समस्या समाधान नहुने भन्दै राजीनामा दिएका नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरुसंग थप छलफल  गर्दै  पदमानै रहेर  धनकुटाको विकास र पार्टीका  संगठन विस्तारमा थप जिम्मेवार भएर  लाग्ने निर्देशन दिए ।

सो अवसरमा प्रधान मन्त्री देउवालाई धनकुटाका प्रतिनिधि मण्डलले सवैकिसिमले उपयूक्त रहेको धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन   र सुरक्षाको दृष्टिकोणले पनि प्रदेश प्रमुखको कार्यालय तत्काल विराटनगरबाट धनकुटा राख्ने निर्णय गर्नुका साथै धनकुटामासमेत प्रदेश सभाको बैठक राख्नका लागी पहल गरिदिन र धनकुटामा मेडिकल कजेल, सिटिभिटिको कार्यालय, प्रदेश स्तरको लोकसेवा, शिक्षा आयोग, यातायात तथा राजश्व कार्यालय स्थापाना गर्न तथा धनकुटा अस्पताललाई ५० शैयाको सरकारी सेवा सुविधाबाट संचालन गर्नका लागी स्तरोन्नती  गरी दिनका साथै धनकुटामा निर्माणधिन रहेको एयरपोर्ट र कृषि क्याम्पस संचालन गर्न थप बजेटको व्यवस्था गरी दिन समेत माग गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।  

 पार्टी सभापती तथा प्रधान मन्त्री देउवालाई सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,निर्वतमान सभापति मनोहनर नारायण श्रेष्ठ,सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्व वहादुर श्रेष्ठ,रुकु श्रेष्ठ लगायतले  प्रदेश प्रमुखको मुकाम तोक्दा धनकुटालाई उपेक्षा गरी ठूलो अन्याय गरेकोले काम गर्ने वातावरण नभएकोले राजिनामा दिनुपरेको  जानकारी गराउदै अव धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नु पर्ने तत्काल प्रदेश प्रमुखको मुकाम धनकुटामा तोक्नु पर्ने लगायतका विभिन्न मागहरु राखेका थिए ।  

 नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले प्रदेश प्रमुख नियुक्तिसंगै प्रदेश प्रमुखको मुकाम तोक्दा  सवै किसिरमले उपयूक्त र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोकेकोमा धनकुटालाई अन्याय भएको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ र शुबेच्छुक संस्थाका सवै पदाधिकारी तथा सदस्यहरुले दुई साता अघि राजिनामा  दिई निन्तर रुपमा   सशक्त आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ