arrow

गोबिन्द गौतम स्मृति पेनाल्टी सुट प्रतियोगिताको तयारी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ २४ बुधबार
gobinda-gautam.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा गत वर्ष भएको सीमा बिवादमा ज्यान गुमाएका सहिद गोबिन्द गौतमको स्मृतिमा लालझाडी युवा क्लब -११ ले फागुन २६ गते फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको तयारी सुरु गरेको छ ।

पुनर्वास क्षेत्रको खेलकुद बिकासमा सकृयता देखाउदै आएको लालझाडी-११ ले सीमा रक्षाका क्रममा प्रदर्शन गर्दै गर्दा भारतीय एसएसबीको गोलि प्रहारबाट शहादत प्राप्त गरेका गौतमको सम्झनामा प्रतियोगिताको आयोजन गरिन लागेको जनाएको छ ।

३० वर्ष भन्दा माथिका उमेर समुहका स्थानिय र जिल्ला बाहिरका गरि झन्डै ३ दर्जन बढी टिमले सहभागीता जनाउने अपेक्षा लिइएको लालझाडी युवा क्लब-११ का वरिष्ठ उपाध्यक्ष तुलसी अर्यालले बताए । राष्ट्रिय अस्मिता माथिको प्रहारका विरुद्ध आहुती दिन पछि नहट्ने वीर गौतमको सम्मान र सम्झनामा प्रतियोगिताको आयोजना गर्न लागिएको वरिष्ठ उपाध्यक्ष अर्यालले बताए ।

राष्ट्रको सीमाना रक्षाका क्रममा बीरगती प्राप्त गरेका सहिद गौतमको सम्मान र स्मृतिमा उनी सहिद भएकै दिन फागुन २६ मा प्रतियोगिताको आयोजन गरिएको लालझाडी-११ का अध्यक्ष काशीराम बोहराले बताए ।

देशको माटो माथी भारतीयको अतिक्रमणको प्रतिकार गर्दै आफ्नो प्राण आहुती दिन पछि नहट्ने बिरांगना गौतमले शहादत प्राप्त गरेको वर्ष दिन हुनै लाग्दा पनि स्थानिय निकाय र सरकारले सम्मान र सम्झनामा कुनै कार्यक्रमको घोषणा नगरेको बेला लालझाडी ११ ले उनको स्मृती दिवसको अबसर पारेर कार्यक्रमको तयारी गरेको हो ।

गैरसरकारी सस्थाले सुरु गरेको सीमाका सहिद गौतम प्रतिको सम्मान र स्मृतिको कार्यक्रम लाई प्रभावकारी बनाउन सरकार ,स्थानिय निकाय र सम्बन्धित सबैले सहयोग र सहायता दिन सके सहिद गौतम प्रती सच्चा श्रद्धाञ्जली हुने स्थानीय समाजसेवी प्रेम थापाले जनाए ।

सीमामा भएको झडपमा गोबिन्द गौतमले शहादत पाएको २/३ महिना निक्कै चर्चा र प्रशंसा भए पनि समय घर्कदै जादा अहिले सहिद गौतम लाई बिर्सदै गएको बेला आयोजना हुदै गरेको प्रतियोगिताले स्मरण गराउन सार्थक हुने स्थानियहरु बताउछन् ।

पुनर्वासको सीमावर्ती आनन्दबजारलाई घटनाको लगत्तै सहिदको नामले सहिद गोबिन्द नगर राखिए पनि बजारको चोकमा राख्ने घोषणा गरिएको गौतमको शालिक वर्ष दिन बित्दा समेत स्थापित गरिएको छैन । सहिदको नाममा राख्ने भनिएको शालिक निर्माणको कार्यमा गरिएको उदासिनता र बेवास्ताले सहिदको भावनामा ठेस पुगेको सहिद गोबिन्द नगरका स्थानियहरुले बताएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ