arrow

आन्दोलनकारीसँग कुरा मिल्यो, ७ बुँदे सहमति

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
prithivi.jpg

पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेविसंघका बोधराज ढकालको मृत्युको बिषयलाई लिएर भएको आन्दोलन निष्कर्षमा पुगेको छ । सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिदा ढकालको मृत्यु भएको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई कडा कार्वाहि गर्ने र मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बिषय उल्लेख छ ।


चालककै लापरबाहीले दुर्घटना भएको भन्दै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने, मृतकका परिवारलाई उचित राहात उपलब्ध गराउने, विद्यार्थीलाई सन्ध्याकालीन समयमा पनि छुटको ब्यवस्था गर्ने सहमति भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । यसअघि साँझ परेपछि विद्यार्थीले कार्ड छुट पाएका थिएनन् ।

सो घटनालाई लिएर नेविसंघका कार्यकर्ताले मंगलबार क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ