arrow

कांग्रेस जिल्ला सभापतिले गरे सभापतिहरुको राष्ट्रिय सम्मेलनको माग

logo
कुमोद अधिकारी
प्रकाशित २०७४ माघ २४ बुधबार

विराटनगर ।  प्रदेश नम्वर १ का नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले जिल्लाका पार्टि सभापतीहरुको  राष्ट्रिय सम्मेलन गर्न माग गरेका छन । विराटनगरमा वसेको  जिल्ला सभापतिहरको भेलाले संघिय संरचना अनुसार पार्टिको विधान परिवर्तन गरेर पार्टि भित्र सुद्धिकरण अभियान संचालनका लागी राष्ट्रिय सम्मेलन माग गरेका जनाएका छन ।

 नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलनमा १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सभापतीहरुले  सयुक्त रुपमा  भेलाले गरेको सात वुदें निर्णय सार्वजनिक गरेका हुन ।

 निर्वाचनमा आएको परिणामाको वारेमा गंभिर छलफल गर्नुपर्ने त्यस्तै  भेलाले पार्टिलाई संगठित वनाएर लैजानुपर्ने एक केन्द्रिय सदस्य एक जिल्लाको जिम्मेवारी प्रदान गर्नुपर्ने,  जिल्ला कार्य  समितिको संरचनालाई थप वलियो र अधिकार सम्पन्न वनाउनुपर्ने लगायतका निर्णय गरेको  नेपाली कांग्रेस मोरङका सभापती डिकवहादुर लिम्वुले वताए ।

 पछिल्लो पटक सरकारले समाजिक सुरक्षा भत्ता तथा दिर्घ रोगीहरुलाई प्रदान गर्ने मासिक रकम व्यवस्थाको निर्णयलाई पनी स्वागत गरेको छ । भेलाले फागुनको दोश्रो साता भित्रमा राष्ट्रिय सम्मेलन गर्न केन्द्र संग माग गरेको सभापती लिम्वुले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ