arrow

एनआईसी एशियाले ल्यायो सी-आस्वा सेवा सञ्चालन

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
nic-asia-bank.gif

काठमाडौं ।  एनआईसी एशिया बैंकले सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा मिति २०७४ फागुन ११ बाट अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोहि  प्रणाली मार्फत आवेदन दिंदा  सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकलाई समयमै सी-आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले बुधवारबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।

अब बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्ने बैकले जनाएको छ ।  

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी-आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने बैकले  उल्लेख गरेको छ  ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ