arrow

प्रदेश ३ को मुख्यमन्त्री छान्न चुनाव नै हुने भो, के भन्छन् अष्टलक्ष्मी र राजेन्द्र ?

‘शुक्रबार संसदीय दलको नेताका लागि चुनाव’

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
rajendra-.jpg

काठमाडौ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको टुंगो निर्वाचनबाटै लाग्ने भएको छ । वुधबार बसेको प्रदेश सचिवालयको बैठकले संसदीय दलको नेता एवं मुख्यमन्त्री बन्नका लागि आकांक्षीहरु धेरै भएकाले चिर्वाचनमा जाने निधो गरेको हो ।

बैठकमा आकांक्षीहरुले निर्वाचनबाट दल नेता टुंगो लगाउनुपर्ने अडान राखे । संसदीय दलको नेताका लागि सर्वसहमति हुन सकेन । संसदीय दलको नेता छान्न  शुक्रबार बिहान ८ बजे ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रदेश संसदीय दलको बैठक डाकिएको छ । बैठकपछि निर्वाचन गर्ने सहमति भएको संसदीय दलको नेताको दावेदार एवं प्रदे ३ की संयोजक अष्ठलक्ष्मी शाक्यले हाम्रा कुरालाई बताइन् ।

बैठक संसदीय दलको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने निधो पनि भइसकेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । यस्तै, काठमाडौं महानगरको पूर्व मेयर केशव स्थापित समेत मुख्यमन्त्रीको दावी गरिरहेका छन् ।

मूख्य प्रतिस्पर्धामा रहेकी शाक्यले आफु संसदीय दलको नेता हुने पक्का पक्की रहेको बताइन् । उनले हाँस्दै भनिन्, ‘जित्ने पक्का पक्की नै हो ।’ यस्तै, अर्को प्रमुख दावेदार राजेन्द्र पाण्डेले पनि आफु जित्नेमा शंका नरहेको बताए । उनले भने, ‘सम्भावनाको कुरा के गर्नु हुन्छ । जित्ने मै हो । पक्का पक्की नै हो ।’ सिनियरको कुरा आएपछि पाण्डे पहिलेदेखि नै मुलुक बनाउने कुरामा जाती, लिङ्ग, वर्ण हेर्नु हुँदैन भन्दै आएका छन् । उनले आफु लामो समय संसदीय राजनीति गर्दै आएको र आफु प्रदेश सरकारको नेतृत्व गर्नकै लागि प्रदेश झेरेको बताएका छन् । यद्यपि, पाण्डे पार्टीको कार्यकारी भूमिकामा शाक्य नै अगाडि छन् । उनी महिला उपाध्यक्ष र प्रदेश ३ को संयोजक छन् ।

संविधानको धारा १६८ (१) मा 'प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ', भनिएको छ ।
 
यस्तै, प्रदेश ३ को प्रदेशसभा बैठक आउँदो २७ गते बस्दै छ । त्यही दिन सभामुख र भोलिपल्ट उपसभामुखको निर्वाचन गर्ने कार्यसूची राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ