arrow

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को दुवै पदमा एमाले विजयी

logo
प्रकाशित २०७४ माघ २४ बुधबार

विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि बुधवार भएको निर्वाचनमा दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा बुधवार अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका थिए ।

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी भए । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गरेको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रको एकजना निर्वाचित भएका छन् ।

यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन् ।  त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन् ।  रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ