arrow

बैजनाथ आधारभूत विद्यालयको गरिएको तालाबन्दी खुल्यो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ २४ बुधबार
tala.JPG

डाङाजाई, कञ्चनपुर। कञ्चनपुरको दक्षिणी भेगको लालझाडी गाउँपालिकामा रहेको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गरिएको अनिश्चितकालिन तालाबन्दी बुधबार खुलेको छ ।

लालझाडी गाउँपालिका वडा नं. ४ डाङाजाईमा रहेको राना मातृभाषामा पढाइ हुने बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले मंगलबार देखि तालाबन्दी यथावत राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दील बहादुर रानाले १ हप्ताको समयमा माग पूरा गर्ने प्रतिबद्दता जनाएपछि ताला खोल्न आन्दोलनरत निजी शिक्षकहरु सहमत भएका हुन् । उक्त विद्यालयका निजी स्रोतमा कार्यरत शिक्षकहरुले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयमा न्युन पारिश्रमिकमा काम गरिरहेको भएपनि विगत करिब १० महिना यताको तलब समेत नपाएको उल्लेख गर्दै तालाबन्दी गरेका थिए ।

 शिक्षकहरुको बाँकी सबै तलबभत्ता भुक्तानी गर्ने भनेपछि शिक्षकहरुले लचकता अपनाएको स्थानीय नरेश रानाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ