arrow

हजुरबा र हजुरमाको बिलौना : १४ वर्षीया नातिनीलाई प्रहरीले बेपत्ता पार्‍यो

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २४ बुधबार
parsa1.jpg

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउपालिकाको वडा नं. ५ महुवन निवासी  १४ वर्षीय बालिकालाई चार महिना देखी प्रहरी जवानले बेपत्ता बनाएको अभिभावकहरुले आरोप लगाएका छन् । प्रहरीमा जागिर लगाइ दिने प्रलोभन दिएर १४ वर्षिया काजल गिरीलाई  मधुव निवासी प्रहरी जवान प्रेम बैठाले चार महिना देखि बेपत्ता बनाएको बालिकाका हजुवाबुवाको आरोप रहेको छ ।

सिन्धुलीको दुधौलीमा रहेको नेपाल प्रहरीको मध्य क्षेत्रीय तालिम केन्द्रमा कार्यरतमा परिचर पदमा कर्यरत रहेको बैठाले जागिरको बहानामा काजलाई घरबाटै गत असोज २९ गते  बेपत्ता बनाएको काजका हजुरबुवा  सार्दा गिरीले दावी गरे।

काजलका हजुबुवा सार्दा गिरी र हजुरआमा पार्वति गिरीले बुधबार  वीरगन्जमा पत्रकार सम्मेलन गरी बैठाले नातिनीलाई बेपत्ता बनाएको आपरो लगएका हुन् ।

चार महिना देखी नातिनी बेपत्ता भएको र बैठाले बेपत्ता गरेको विवरण उलेख गरी प्रहरीलाई निवेदन दिदा समेत हाल सम्म कुनै सुनुवाई नभएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको हजुरबुवा गिरीले बताए ।

उनले नातीनीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा गत कात्तिक ६ गते नै जाहेरी सहितको निवेदन दिएको भएपनि प्रहरीले कुनै वास्ता नगरेको काजलका हजुरबुबा शारदाले संचारकर्मीहरु जानकारी दिए । प्रहरी जवानसंग सम्बन्धित विषय भएकाले जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट काजलको खोजि कर्यामा प्रहरीले तदारुक्ता नदेखाएको गिरीले आरोप लगाए ।

२०६१ साल माघ ८ गते तत्काली नेकपा माओवादीद्वारा काजलका पिता काजलका  जयराम गिरीको  हत्या भएदेखी नै आफुहरुलाई पालन पोषण गर्दै आएको बताउदै हजुरबुवा गिरीले बताए । एक वर्षकै उमेर देखि काजललाई पालन पोष्ण गर्दै आएको गिरीले जानकारी दिए ।

गत असोज २९ गते काजलका अभिभावकलाइ थाहा नै नदिइ बैठाले काजललाइ  नेपाल प्रहरीमा जागीर लगाइ दिने प्रलोनन दिएर दुधौलीको प्रहरी तालिम केन्द्रमा लिएर गएको र घरबाट बेपत्ता भए देखि हाल सम्म पनि काजलको अवस्थाका बारेमा केहि थाहा नभएको काजलका हजरबुबा शारदा गिरीले बताए ।

        काजलाइ खोज्दै जाने क्रममा दुधौलीको प्रहरी तालिम केन्द्र अगाडि रहेको एक होटलमा बैठालले काजललाइ तीन दिन सम्म खाना खुवाएको र होटल नजिकको घरमा आप्mनी बहिनी भनेर तीन दिन बास पनि बसाएको जानकारी होटलका सन्चलकले दिएको काजलका हजुरबुबा गिरीले संचारकर्मीहरुलाई  बताउनु भयो ।      

यस विषयमा  जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन लिम्बुसंग बुझदा उनले काजलको खोजीका लागि प्रहरी गम्भिर रुपमा लागि परेको जानकारी दिए ।

 प्रहरी तालिम केन्द्रमा कार्यरत आरोपित बैठालाई जिल्ला प्रहरी कार्यालय पर्सामा हाजीर हुन आदेश दिएको भन्दै प्रवक्ता लिम्बुले आरोपित बैठाकलाई दुई तिन दिन भत्र छुटी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित हुन जानकारी गारएको र बैठा उपस्थित भएपछि मात्र घटना वारे थप जानकारी पाउन सकिने दावी गरे ।

  बैठाले बेपत्ता बनाइएकी भनिएकी काजलको खोजी गरिरहेको भएपनि उनको बारेमा अहिलेसम्म कुनै अत्तो पत्तो लाग्न नसकेको प्रहरी नायव उपरिक्षक लिम्बुले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ