arrow

प्रदेश ३ को राष्ट्रिय सभा : गठबन्धनलार्इ ७५ प्रतिशत, काँग्रेसलार्इ २५ प्रतिशत

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
upper-house-dummy.jpg

काठमाडौं । राष्ट्रिय सभा सदस्यको लागि बुधबार भएको प्रदेश नं ३ को निर्वाचनमा बाम गठबन्धनले सम्मानजनक दुई तिहाई मत ल्याएको छ ।

बुधबार ललितपुरको पाटनमा भएको निर्वाचनमा कूल ८ पदको लागि भएको निर्वाचनमा ६ सिट गठबन्धनले र २ सिट काँग्रेसले जितेको निर्वाचन आयोगले जनाएको छ । यसरी सार्वजनिक भएको मत हेर्दा ७५ प्रतिशत गठबन्धनको र २५ प्रतिशत काँग्रेसको मत हुन आउँछ । 

प्रदेश ३ बाट खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बास्कोटा र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।

महिला तर्फ एमालेका उदया शर्मा पौडेल र दिलकुमारी थापा रावल (पार्वती) र कांग्रेसकी धनाकुमारी खतिवडा विजयी भए।

अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र राई र दलिततर्फ एमालेका सिंग बहादुर विश्वकर्मा विजयी भए।

बुधबार नै प्रदेश ३ जस्तै सबै प्रदेशमा निर्वाचन भईसकेको छ भने धेरै प्रदेशमा निर्वाचनको नतिजा समेत सार्वजनिक भईसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ