arrow

प्रदेश नं ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

logo
प्रकाशित २०७४ माघ २४ बुधबार

सुर्खेत । प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 

बुढाले तीन हजार ७२० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै, लुहारले तीन हजार ६६६ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । 

यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । 

विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी छन् भने युटुल माओवादी केन्द्रकी हुन् । बाँकी खुलातर्फको मतगणना शुरु गरिएको बताउँदै उनले यसको नतिजा राति १२ बजेसम्म आउने जनाएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ