arrow

सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह 

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
dabang.jpg

काठमाडौं । बलिउड स्टार सलमान खानले आफूलाई स्वागत गर्नका लागि सबै नेपालीलाई आग्रह गरेका छन् । 

‘दबंग द टुर’ अन्तर्गत सलमान फागुन २६ गते नेपाल आउँदैछन् । 
 
सलमानले ट्वीटरमार्फत ‘नेपाल अब आपकी बारी स्वाग से स्वागत नही करोगे हमारी’ भन्दै स्टाटस लेखेका छन् । 
 
ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमानको कार्यक्रम हेर्नका लागि २ हजारदेखि १० हजार रुपैयाँसम्म टिकट मूल्य तोकिएको छ ।
 
१० मार्च अर्थात् फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ मा सलमानसंगै अभिनेता, निर्देशक प्रभु देवा, नायिकाहरु सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन रहने छन् । 

त्यसैगरी मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् । 
 
कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । २३ वर्षअघि नेपाल आएका सलमानले आफू नेपाल आउन उत्साही भएको प्रतिक्रिया यसअघि नै दिएका छन् । 

केही दिनअघि उनका भाइ सोहेल काठमाडौं आएर कार्यक्रमबारे बुझेका थिए । 

‘बिइङ ह्युमन’ भन्दै सलमानले आफ्नो कम्पनीमार्फन असहायलाई सघाउन विश्वभरमै दबंग टुर गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ