arrow

डिभिजन २ क्रिकेटः बिहिबार नेपाल र नामिविया भिड्दै

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार

काठमाडौँ । नामिबियामा बिहिबारदेखि सुरु हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उद्घाटन खेलमा नेपालले आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्दैछ ।

छ टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा विजय लक्ष्यका साथ नामिवियाको डब्लुएपी मैदानमा आयोजकसँग भिड्नेछ ।

खेल नेपाली समयअनुसार बिहिबार दिउँसो १ः१५ बजे सुरु हुनेछ । बिहिबार नै केन्या र युएई पनि खेल्नेछन् । 

प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, युएई, क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।


नेपालका लागि युवा जोश छ । पारस खड्काको कप्तानीमा रहेको नेपालका कि प्लेयरको रुपमा आईपीएलमा खेल्दै गरेका स्पीन बलर सन्दीप लामिछाने छन् । 

त्यसैगरी अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टिममा डेब्यू गर्दैछन् । 

अन्य खेलाडीहरुमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र दीलिप नाथ छन् ।

टिमले बुधबार अन्तिम अभ्यास गरेको छ । टिमले निकै जमेर अभ्यास गरेको र हरेक खेलमा जित्नकै लागि मैदानमा उत्रने प्रशिक्षक जगत टमाटाले बताएका छन् । 

नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो । त्यतिबेला नेपालले क्यानडा र नामिवियालाई पराजित गरेको थियो भने केन्यासँग हार व्यहोरेको थियो ।

जसमा दुई टोली नामिविया र नेदरल्याण्ड फाइनलमा पुग्दा नेपाल रनरेटको आधारमा तेस्रो स्थानमा रहेको थियो । नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन २ मा घटुवा भएका हुन् ।

त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन २ मा बढुवा भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ