arrow

गज्जब छ प्रचण्डको धर्मनीति !

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
prachanda-dharmik.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धर्मनीति पनि गज्जबकै छ । उनी कहिले धर्म मान्छन् । कहिले मान्दैनन् । 

प्रचण्डका लागि धर्म कहिले अफिम हो । कहिले शान्ति र समृद्धि हो । 

गत सोमबार उनले धर्मले शान्तिको बाटो डोहोर्याउने तर्क गरे । चितवनको गलेश्वर आश्रमले आयोजना गरेको विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै प्रचण्डले हिन्दू धर्मको खुलेर प्रशंसा गरे । उनले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । 

उनले अबको बामपन्थी सरकारले देवघाटको सम्बन्ध इतिहास ,पौराणिककाल र परम्परासंग रहेको भन्दै देवघाटलाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने बताए । 

सो क्रममा उनले चिन्तन र विर्मशले समाजमा एउटा नैतिक मुल्य स्थापित गर्न सक्छ भन्दै धर्मप्रति झुकाब राखे । उनले आफूलाई धर्मविरोधी भनेर निरपेक्षरुपमा भ्रमपूर्ण प्रचार गरिएकोमा दुःख व्यक्त गरे । 

सो क्रममा उनले देवघाटमा निर्माणाधीन वेद वेदाङग विद्यालयको शिलान्याससमेत गरे । 

प्रचण्डको यु टर्न कि यस्तै गति

माओवादीले धर्मलाई कहिल्यै प्राथमिकता दिएन । सशस्त्र द्धन्द्धका बेलामा समानताका नाममा मन्दिरका पूजारीहरु कार्वाहीमा परे । 

समानताका नाममा राष्ट्रिय जनावरले पनि सुख पाएन । माओवादीले गाई काटेर खाए । सरकारको विरोध गर्ने नाममा तत्कालीन माओवादीले गाई खान्थ्यो । 

त्यतिबेला माओवादीका लडाकुहरु भन्ने गर्दथे ‘गाईगोरुको मासु खायो भने तीन चार दिनसम्म लड्नका लागि स्टामिना पुग्दथ्यो ।’ 

त्यो तपशिलको कुरो भएको छ । समाजमा देखिएको विकृति हटाउन माओवादीले त्यतिबेला जे गर्यो त्यो सही कदम थियो होला । 

तर त्यसले निम्त्याएको विकृति अहिले पनि कायमै छ । 

माओवादीका नेताहरु कहिले धर्म मान्छन् । कहिले परम्परा मान्छन् । कहिले मान्दैनन् । मौसमी छन् । 

प्रचण्ड पनि त्यस्तै हुन् । कहिले ग्रहदशा कटाउने नाममा भैंसी पूजा गर्छन् भने कहिले दशैंको टीका लगाउन अप्ठेरो मान्छन् । 

मानिस परिवर्तनशील छ । प्रचण्ड पनि त्यही बाटोमा छन् । तर उनको जीवनको धार्मिक नीति यो नै भन्ने खुलेको छैन । 

तर धर्मलाई अफिम भन्ने अनि हिन्दू धर्मलाई वास्ता नगर्ने, आफ्ना चलन बिगार्ने प्रचण्डले गेरुवस्त्र धारण गरी बस्दा भने अप्ठेरो मान्नु स्वभाविकै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ