arrow

प्रदेश ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार

सुर्खेत । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
 
महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् ।

 त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६६६ र अपाङ्ग/अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर बुढाले तीन हजार ७२० मतभार प्राप्त गरी निर्वाचित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ