arrow

दुर्घटना हुनबाट बचेको निगमको जहाज सल्ले विमानस्थलमा थन्कियो

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ माघ २५ बिहिबार
nepal-airlines.jpg.jpeg

रुकुम। ठुलो दुर्घटना हुनबाट बचेको नेपाल बायुसेवा निगमको जहाज एक्कासी बिग्रीएपछि २ दिन देखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ । बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवरतण गर्ने क्रममा दाया पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिन देखी सल्ले विमानस्थलमा थन्किएको छ ।

बुधबार दिउँसो काठमाण्ठौबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङ पछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटेपनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन् । बुधबार काठमाडौंबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको जहाज सल्ले एरपोर्टमा मध्यन्नको १२ बजेर १० मिनेटमा अवतरण भएको थियो । हाइड्रोलिक पाइप फुटेपनि अन्य क्षति भने नभएको बताइएको छ ।

नाइन एन ए बीटी नम्बरको जहाज काठमाडौं–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्य तालिका थियो । जहाज बिग्रीएपछि नेपालगञ्ज जान टिकट लिएर तयार भएका यात्रुहरु एरपोर्टबाट घर फिर्ता भएका थिए । रुकुम सल्ले बिमानस्थलमा नेपाल बायु सेवाको मात्र उडान हुदै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ