arrow

डिभिजन २ क्रिकेट : बलिङमा चम्किए सन्दीप र सोमपाल

सन्दीपले ४ र सोमपाले चट्काए ३ विकेट

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
sandip.jpg

काठमाडौँ । सन्दीप लामिछानेको किफायती बलिङ मद्दतले नेपाल नामिबियालाई कम योगफलमै रोक्न सफल भएको छ ।

नामिबियाको घरेलु मैदानमा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले आयोजक टोलीलाई कम योगफलमै रोकेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४ ओभर २ बल खेल्न दियो । नामिबियाले अलाउट हुनुपूर्व जम्मा एक सय ३८ रन मात्रै बनाउन सक्यो । नामिवियाका लागि क्रेग विलियम्स र विकेट किपर जेन ग्रीन तथा जान फ्राइलिङ्कले समान समान २२–२२ रन बनाए ।  

नामिबियाको व्याटिङ कमजोर पार्न नेपाली लेग स्पिनर सन्दीपले सबै भन्दा बढी ८ दशमलव २ ओभर बलिङ गरे । उनले जम्मा १८ रज खर्चँदै २ मेडन राखेर ४ विकेट हात पारे । सुरुवाती बलिङ गरेको सोमपाल कामीले ७ ओभर बलिङ गर्दा सर्वाधिक ३५ रन खर्चिए । उनले ३ विकेट चट्काए । सन्दीप र सोमपालको प्रदर्शनले नेपालको बलिङ चम्किएकै भनिएको छ ।

कप्तान पारस खड्का र स्पिनर बसन्त रेग्मीले समान १–१ विकेट लिए । एक सय ३९ रनकाे चुनाैती पछ्याएर जवाफी व्याटिङ गरेको नेपालका विकेट किपर दिलिप नाथलाई खाता नखोलेर आउट भएका छन् ।
 
यस्तै, ६ टोली सहभागि प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, युएई, क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ