arrow

दाइजो नपाएको रिस फेर्न श्रीमतीको मिर्गौला बेचे

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
kidney.JPG

एजेन्सी । भारत पश्चिम बंगालमा दाइजो उपरको असुलीका लागि श्रीमतीको मिर्गौला बेच्ने एक पुरुष र उनका भाइ प्रहरीको खोरमा पुगेका छन् ।

पश्चिम बंगालकी रीता सरकारले २ वर्षअघि एपेण्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा आफ्नो मिर्गौला चोरी भएको उजुरी गरेपछि प्रहरीले, उनका श्रीमान र देवरलाई पक्राउ गरेको हो ।

२८ वर्षीया रीताले दाइजो ल्यान भनेर पहिल्यैदेखि श्रीमानले दुव्र्यवहार गर्ने गरेको बताएकी छन् । २ वर्षअघि श्रीमानले कोलकाताको नीजि नर्सिङ होममा लगे, त्यहाँ श्रीमान र त्यहाँका स्वास्थकर्मीले समेत शल्यक्रिया गरेर एपेन्डिक्स फालेपछि तिमीलाई सन्चो हुन्छ भनेका थिए, रीताले भनेकी छन्, त्यही बेला पनि कोलकाता गएर शल्यक्रिया गराएको कस्सैलाइ नभन्नुभनेर धम्की समेत थिएका थिए ।

तर पछिल्लो समय पेट दुख्न थालेपछि सन् २०१७ को अन्त्यतिर २ वटा परीक्षण गराउँदा आफ्नो दाहिनेतिर मिर्गौला नभएको उनले बताएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेकाे छ ।

रीताले भनेकी छन्, ‘श्रीमानले कस्सैलाई नभन्नुभनकेको कुरा त बल्ल बुझियो, मेरो परिवारले मागेजति दाइजो दिन नसकेको कारण मेरो मिर्गाैला बेचिदियो ।’ उनका अनुसार मिगौला बेच्ने श्रीमानले २ लाख रुपैयाँ माग्ने गरेको थियो ।

रीताले १२ वर्षअघि बिहे गरेका कपडा व्यापारी विश्वजीत सरकार, उनका भाइ स्यामल र सासु बुलारानी बिरुद्ध उजुरी हालेकी छन् । भारतमा सन् १९६१ देखि नै दाइजो लिन दिन कानुनले बन्देज लगाएको छ । तर यो चलन भने कम हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ