arrow

राष्ट्रिय नाँचघरमा देउडा साँझ

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
nach_ghar.JPG

काठमाडौं । सुदूरपश्चिमको साँस्किृतिक पहिचान प्रवर्द्धनका लागि काठमाडौँमा शुक्रबार सुन्दरपश्चिमेली साँस्किृतिक देउडा साँझ हुने भएको छ ।

साँस्किृतिक एकताका माध्यमबाट आपसी सद्भाव अभिबृद्धिका साथै संस्किृति प्रवद्र्धनका लागि सुन्दरपश्चिम नेपाल र विकास मञ्चको आयोजनामा देउडा साँझ हुने लागेको हो ।

राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा दिउसो साढे २ बजेबाट सुरु हुने देउडा साँझको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सुन्दरपश्चिम नेपाल र विकास मञ्चका अध्यक्ष बरिष्ठ देउडा गायक भोजराज भट्टले बताए ।

कार्यक्रममा भट्टसहित चर्चित देउडा गायक यज्ञराज उपाध्याय, महेशकुमार औजी, भूवन प्रकाश वडु, सुरेश शाही, मनोज धामी, पुष्पा बोहरा, जनक ताम्राकार, बिष्णु भट्ट लगायतको प्रस्तुती रहने जनाइएको छ ।

सुदूरपश्चिमको साँस्किृतिक पहिचान राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको सुन्दरपश्चिम नेपाल र विकास मञ्चका अध्यक्ष बरिष्ठ देउडा गायक भोजराज भट्टले बताए ।

 “सुदूरपश्चिमका चर्चित गायकहरुलाई एकै ठाँउमा राखेर बृहत कार्यक्रमको आयोजना गरेका छौ” भट्टले भने “पहिचानको कुरा उठिरहेका बेला सुदूरपश्चिमको साँस्किृतिक पहिचानका लागि कार्यक्रमको आयोजना गरिएको हो ।”

कार्यक्रममा छलीया, थारु नाँच, हुड्केलीसमेत प्रदर्शन गरिने जनाईएको छ । सोही अवसरमा एउटै एल्वममा १३२ जना सुदूरपश्चिमेली कलाकारको स्वर रहेको न्याउल्या नामक गीती एल्बमको विमोचनको कार्यक्रम रहेको छ । देउडा साँझमा चर्चित हास्य कलाकार राजा राजेन्द्रको कमेडी पनि रहने आयोजकले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ