arrow

प्रतिस्पर्धात्मक खेलमा नामिबिया बिरुद्ध नेपाल १ विकेटले बिजयी

सन्दीप लामिछानेको किफायती बलिङ र बसन्त रेग्मीको सुझबुझपुर्ण ब्याटीङ

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
sandip.jpg

काठमाडौँ । सन्दीप लामिछानेको किफायती बलिङ र अन्तिम तिर आएका बसन्त रेग्मीको सुझबुझपुर्ण ब्याटीङको  मद्दतले नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ। 

नामिबियाको घरेलु मैदानमा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले आयोजक टोलीलाई १ विकेटले पराजित गरेको हो।

निर्धारित ५० ओभरमा १ सय ३९ रनको लक्ष्य पच्छ्याएको नेपालले ४९.२ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो। नेपालकालागि सरद भेषावकरले सार्वाधिक २९ रन बनाएका थिए। उनले ६७ बलमा ३ चौकाको मदतले उक्त रन बनाएका थिए। 

बसन्तले २४ बलमा १ छक्का र २ चौकाको मदतले अविजित २४ रन बनाएका थिए। पहिलो खेल खेलिरहका रोहित पौडेलले १७ रन बनाएका थिए भने सोमपाल कामीले १३ रनको योगदान दिएका थिए। 

त्यसैगरि कप्तान पारस खड्काले १९ रन बानएका थिए भने ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिएका थिए। 

नामिबियाकालागि बरनार्ड सक्ोल्जे ४ विकेट लिएका थिए भने क्रेग विलियम्सले ३ विकेट हात पारेका थिए। 

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४ ओभर २ बल खेल्न दियो । नामिबियाले अलाउट हुनुपूर्व जम्मा एक सय ३८ रन मात्रै बनाउन सक्यो । नामिवियाका लागि क्रेग विलियम्स र विकेट किपर जेन ग्रीन तथा जान फ्राइलिङ्कले समान समान २२–२२ रन बनाए ।  

नामिबियाको व्याटिङ कमजोर पार्न नेपाली लेग स्पिनर सन्दीपले सबै भन्दा बढी ८ दशमलव २ ओभर बलिङ गरे । उनले जम्मा १८ रज खर्चँदै २ मेडन राखेर ४ विकेट हात पारे । सुरुवाती बलिङ गरेको सोमपाल कामीले ७ ओभर बलिङ गर्दा सर्वाधिक ३५ रन खर्चिए । उनले ३ विकेट चट्काए । सन्दीप र सोमपालको प्रदर्शनले नेपालको बलिङ चम्किएकै भनिएको छ ।

कप्तान पारस खड्का र स्पिनर बसन्त रेग्मीले समान १–१ विकेट लिए । एक सय ३९ रनको चुनौती पछ्याएर जवाफी व्याटिङ गरेको नेपालका विकेट किपर दिलिप नाथलाई खाता नखोलेर आउट भएका छन् ।
 
यस्तै, ६ टोली सहभागि प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, युएई, क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।

खेलका प्लेयर अफ द म्याच सन्दिप लामिछाने घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ