arrow

नेविसंघ प्रदेश ४ ले ढकालको स्मृतिमा छात्रवृत्ति अक्षयकोषको स्थापना गर्ने 

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार

कास्की । यही माघ २२ गते पोखरा-लेखनाथ चल्ने बसको लापरबाहिपुर्ण ठक्करबाट मृत्यु भएका नेपाल विद्यार्थी संघका होनाहार नेता एवं नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष बोधराज ढकालको स्मृतिमा नेविसंघ प्रदेश नं. ४ ले स्मृति छात्रवृत्तिकोषको स्थापना गर्ने भएको छ । 

१३ दिन भित्रै स्याङ्जा फापरथुम स्थित उनको गाउँमै पुगेर स्वर्गीय ढकालले विद्यालय शिक्षा हासिल गरेको भगवती मावीमा विद्यालय परिवार, नेविसंघ प्रतिनिधि र ढकाल परिवारका प्रतिनिधि सम्मिलित अक्षयकोष स्थापना गरिनेछ । समितिले हरेक वर्ष सो विद्यालयबाट कक्षा १० को एसइइ परीक्षामा राम्रो नतिजा ल्याउने छात्र-छात्रालार्इ पुरस्कृत गर्नेछ। 

ढकालको अन्त्येष्टि पछि माघ २४ गते पोखरामा आकस्मिक रुपमा भएको छलफलमा पदाधिकारी तथा सदस्यबाटै जनही पाँच हजारका दरले रु ६० हजार संकलन भइसकेको छ भने १३ दिन भित्र स्वच्छिक रुपमा संकलन हुने सहयोगबाट परिवारलाई तत्कालिक सहयोग समेत गरिनेछ । नेविसंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ४ का संयोजक डिल्लीराम सुवेदीका अनुसार ढकालको योगदानको स्मृतिलाइ जिवन्त राख्न र परिवारजनको दु:खमा साथ दिन  यो अक्षयकोष स्थापना गर्न लागिएको हो। 

संयोजक सुवेदी, सदस्य-सचिब एवम सहमहामन्त्री हरिहर शर्मा, केन्द्रीय सदस्यहरु जानुका पन्त, पुनम भट्ट, भानु ढकाल, आरसि भट्टराई, शंकरराज घिमिरे, देबकृष्ण पराजुली लगायतका विद्यार्थी नेताहरूले जनही ५ हजार रुपैया संकलन गरी अक्षयकोष स्थापानाको सुरुवात गरेका छ्न । 'पकेट खर्च कटौती गरि सहयोद्दाको सम्मानमा योगदान गर्न लागेको कुरा केन्द्रीय सदस्यहरुले बताएका छ्न ।

सुवेदीले भने यो अभियानमा  प्रदेश ४ नेबिसंघ समितिमा आबद्ध रहेका ५० भन्दा बढी साथीहरु लगायत अन्य सहयोगीहरुले स्वच्छिक योगदान गर्नेछन् । विहीबार नेविसंघ प्रदेश नं. ४ ले एक प्रेस विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराएको हो । विज्ञप्तीमा सवारी चालकको लापरबाहीका कारण उक्त घटना हुन गएको भन्दै प्रशासनमा दर्ता गरिएको मुद्दालार्इ कडार्इका साथ किनारा लगाउन खबरदारी गरिने र सार्बजनिक यातायात ब्यबस्थामा बढदो जथाभावीपना र कमजोर कानुनी ब्यबस्था बिरुद्ध पनि खबरदारी  बढाउने जनाएको छ । 

कमजोर आर्थिक अबस्था रहेको परिवारमा हुर्केर बिबिएस चौथो बर्ष पढ्दै गरेका ढकालका बाबुको शारिरिक अपाङगता र भाइ कक्षा १२ मा पढदै गरेको कारण घरपरिवार संचालनमा समेत निकै कठिनाई रहेको छ ।  परिवारका लागि तत्काल राहत उपलब्ध गराउनका लागि नेविसंघले सक्दो सहयोग गर्ने समेत जनाएको छ । असल नेतृत्व बहन गर्न सक्ने क्षमता रहेका ढकाललाई गुमाउँदा नेपाल विद्यार्थी संघको एउटा खम्बा ढलेको नेविसंघका सहमहामन्त्री हरिहर शर्माले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ