arrow

प्रदेश ३ : कांग्रेस संसदीय दलमा बानियाँ सर्वसम्मत

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
Indra_baniya.jpg

काठमाडौं ।  नेपाली काँग्रेसले प्रदेश नं ३ को संसदीय दलको नेतामा पूर्व मन्त्री ईन्द्र बहादुर बानियाँलाई चयन गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । 

मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ख बाट विजयी भएका बानियाँ पूर्व गृहराज्यमन्त्री एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत हुन् । बानियाँलाई प्रदेश नं ३ को राजधानी हेटौंडा बनाउने मुख्य अभियानकर्ताको रुपमा समेत मान्ने गरिएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति समेत रहेका उनी ५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै सर्वसम्मत संसदीय दलको नेता बनेका हुन् । 

प्रदेश सभा ३ मा बाम गठबन्धनको स्पष्ट बहुमत रहेकोले बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना नभएपनि अब मुख्यमन्त्रीमा निकटतम प्रतिस्पर्धी हुने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ