arrow

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1335163828.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद्ले नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ ।
 
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न सार्वजनिक गरेको कार्यतालिका अनुसार नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम हुने राष्ट्रपति र उपराष्ट्रपति पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न कात्तिक ८ गते अपराह्न ४:३० सम्म र राजनीतिक सहमति हुन नसकेमा कात्तिक ११ गते बिहान ११:०० बजे निर्वाचन हुने भनी कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। आज सुरु भएको कार्यक्रममा मतदाता नामावली प्रकाशन ४:४० बजे र अन्तिम मतदाता नामावली प्रकाशन आज अपरान्ह ५:३० बजे रहेको थियो ।
 
निर्वाचन तालिकाअनुसार कात्तिक ८ गते राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको बर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका–संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचित भएको घोषणा गरिनेछ ।
 
राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते दिनको १:०० बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपरान्ह ३:०० बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ ।
 
कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्र्यि सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान ११ बजेदेखि २:०० बजेसम्म मतदान भई अपरान्ह २:३० पश्चात मतगणना र अपरान्ह् ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसदको बैठकमा घोषणा गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ