arrow

जेल जाँदै गर्दा जियाले भनिन्–नरोइ बस्नू है, म आइहाल्छु नि !

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
khaleda-zia.jpg

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार आरोपमा ५ वर्षे जेल सजाय भएपछि, मुख्य शहरमा प्रदर्शन भएको छ । समर्थकहरु सडकमा निस्कँदै गर्दा जिया जेलतिर लागिन् । घुस प्रकरणमा ५ वर्षे जेल सजाय भोग्न जानुअघि जियाले, रुँदै गरेका आफन्त र समर्थकलाई केही चिन्ता नलिइ मन बलियो गर्न भनेकी हुन् । सेतो भुुइँमा बुट्टेदार साडी र आफ्नो ट्रेडमार्क नै बनाएकी ठूलो चस्मा लगाएकी जियाले अदालत जाँदै गर्दा, आँसु पुछ्दै गरेका समर्थक र आफन्तलाई थुम्थुम्याउने प्रयास गर्दै भनिन्, “रुनु पर्ने कारणै छैन, म एकदम ठीक हुनेछु, तिमीहरु कुरी बस म आउनेछु“ । जिलाई उनकी दिदी, देउरानी, सानो भाइ, भतिजो र वकिलहरुले अदालत पुर्याका थिए ।

उनले ५ वर्षे काराबासको पहिलो रात जेलमा बिताएकी छन् । न्यायधिश मोहम्मद अख्तेरुज्जामनले उनको स्वास्थ र समाजिक हैतियतलाई समेत ध्यान दिएर छोटो जेल सजाय सुनाइएको बताएका छन् । अदालतको आदेश लगत्तै जियालाई ढाकाको विशेष जेलमा लगिएको छ । खालेदा जिया र उनको बीएपी दलले, उनी र उनको परिवारलाई राजनीतिमा ढिम्किन नदिन षडयन्त्र भएको आरोप लगाउँदै आएका छन् । वीएनपीकै नेता राहुल काबिर रिज्भीले पनि सजायको निन्दा गर्दै सत्तारुढ दलले विपक्षीलाई सिध्याउने खेल रचेको आरोप लगाएका छन् ।

अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकममध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै जियालाई दोषी ठहर गरिएको हो । खालिदा जिया दोश्रो पल्ट प्रधानमन्त्री बन्दा, उनका दिवंगत श्रीमान् जियाउर रहमानको स्मृतिमा यो अनाथ आश्रम स्थापना गरिएको हो । यही मुद्दामा अदालतले जियाका छोरा तारिक रहमानलाई पनि १० वर्षको कैद सजाय सुनाएको छ। रहमान बेलायतमा छन् । जिया, सन् १९९१—१९९६ र २००१—२००६ सम्म बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ