arrow

प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गर्दा यसरी चुक्यो प्रहरी प्रधान कार्यालय

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
nepal-police-jagir.jpg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ माघमा सार्वजनिक गरेको प्रहरी निरीक्षक पदको नतिजापछि नेपाल प्रहरी फेरि एक पटक विवादमा मुछिएको छ । विभिन्न विषयमा विवदामा परिरहने प्रहरी यस टक भने हाँस्यास्पद ढंगले नतिजा सार्वजनिक गरेर आफैं हाँसोको पात्र बनेको छ । 

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजामा शारीरिक तन्दूरुस्ती र लिखित परीक्षाको नतिजा एकैपटक सार्वजनिक गरिएको विषयलाई लिएर असन्तुष्टहरुले आन्दोलन गरिरहेको बेलामा प्रहरी प्रधान कार्यालयद्वारा सार्वजनिक गरिएको सूचनामा नै त्रुटी देखिएको छ । 

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजामा एउटा छाप बाहेक आधिकारिकता दिने कुनैपनि आधार देखिएको छैन । 

यसअघि लोकसेवा आयोगको लेटरहेड सहित आधिकारिक ३ जना व्यक्तिहरुको हस्ताक्षर सहितको नतिजा निकाल्ने प्रधान कार्यालयले यस पटक किन यो सबै प्रक्रिया पूरा गर्न सकेन ? 

लोकसेवा आयोगबाट आएको २ सय ३५ जनाको नाम पनि अल्फाबेटको आधारमा पठाईएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

सो नामावलीलाई मेरिटको आधारमा क्रमानुगत रुपमा राखी अन्तर्वार्ताको क्रममा मात्रै शारीरिक तन्दूरुस्तीको नम्बरलाई जोडिने गरेको भएपनि यस पटक भने लिखित परीक्षामा नै यस्तो नम्बर जोडिएको छ । यसले पनि प्रहरीको यो नतिजाको निष्पक्षता माथि प्रश्न उठाईदिएको छ । 

तर अहिले प्रहरीले सार्वजनिक गरेको नामावलीमा लोकसेवा आयोगले पठाएको नामावली विपरित आफ्नै सूचनामा १ सय २ जनाको नाम लेखेर सूचना प्रकाशित गरिएको छ । 

यसमा कुनै आधिकारिक व्यक्तिहरुको हस्ताक्षर पनि छैन । यसले पनि यसमा प्रधानकार्यालयको कमजोरी रहेको देखिन्छ । यस बाहेक शारीरिक तन्दूरुस्तीको अंक समेत जोडेर  लिखित परीक्षाको नतिजा निकाल्नु, प्रहरी नियमावली विपरित हुनेगरि कार्यविधिमा टेकेर नतिजा प्रकाशन गर्नु जस्ता विषयले पनि यसमा प्रहरी प्रधानकार्यालयको कमजोरी झल्किएको छ । 

यो नतिजामा उल्लेखित व्यहोरा लोकसेवा नियमावली र प्रहरी नियमावली २०७१को व्यवस्थासँग समेत बाझिएको छ । लोकसेवा आयोगले लिने परीक्षामा नियमावली अनुसार लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि सो नतिजामा उत्तीर्ण भएकाहरुले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने भएपनि प्रहरीले जारी गरेको सूचनामा शारीरिक तन्दुरुस्ती र लिखित परीक्षा दुबैलाई आधार मानेर नतिजा प्रकाशित गरिएको उल्लेख गरिएको छ । 

लोकसेवा नियमावलीको परिच्छेद ७ ले अन्तर्वार्ता सम्बन्धी व्यवस्था शीर्षकमा यो व्यवस्थालाई उल्लेख गरेको हो । 

जस अन्तर्गत् नियमावलीको दफा २६ को उपदफा २ ले ‘लिखित परीक्षा र प्रयोगात्मक परीक्षा समेत हुने पदमा लिखित परीक्षाबाट छनौट हुने उम्मेदवारलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा समावेश गराईने छ’,  भन्ने व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ