arrow

कांग्रेसले छान्यो प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
jeewanbahadurshahi_chait_17.jpeg

सुर्खेत । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ ।

शुक्रवार बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए । अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए  ।

नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुन् ।  

पार्टीले अनपेक्षित हार व्यहोरेपछि उनले अहिले दलको नेतामा चित्त बुझाउनुपरेको छ । यो प्रदेशमा काँग्रेसका छ जना प्रदेश सांसद रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ