arrow

अष्टलक्ष्मीलाई पछार्दै एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

प्रदेश ३ को मुख्यमन्त्री बन्ने निश्चित

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
asta-laxmi-shakya.jpg

काठमाडौँ ।  नेकपा एमाले  प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् ।  

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।  पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता हुन् भने शाक्य माधवकुमार नेपाल पक्षकी नेतृ हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ