arrow

प्रदेश १ को मुख्यमन्त्री बन्न भीम आचार्यलाई शेरधनले दिए कडा टक्कर

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
sher-bhim.jpg

विराटनगर ।  नेकपा एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि शुक्रवार दुई जना बीच मतदान हुने भएको छ ।

संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्यलाई पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले  कडा टक्कर दिने देखिएको छ । शुक्रवार बिहान ११:३० बजे दुवैले जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका हुन् ।  

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् भने  राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका छन् ।  

दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३:३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराए । प्रदेश नं १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् ।

तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनेछन् ।  संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ