arrow

काँग्रेसमा नीति, निर्णयका कुरा गुटले सञ्चालन नगरेर गिरोहले गरेको छ : केसी

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
arjun_narsingh_kc.png.png

चितवन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताएका छन्  । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा  नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए ।

उनले भने, “हाम्रा नीति निर्णयका कुरा पार्टीभित्र यति ठूलो विभाजन र गुटबन्दी छ, त्यो गुटभित्र पनि गुटले सञ्चालन नगरेर पार्टी एउटा गिरोहले सञ्चालन गरेको छ ।”

अर्को एक प्रसंगमा उनले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताए ।  उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए ।  उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ