arrow

प्रदेश १ र ३ मा ओली निकट राई र पौडेल मुख्यमन्त्री कन्फर्म, खनाल र नेपाल हेरेको हेरै

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
oli-mantri.png

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट शेरधन राई र  डोरमणि पौडेल मुख्यमन्त्री हुने कन्फर्म भएको छ ।  राई  प्रदेश नं १ र पौडेल  प्रदेश नं ३  को संसदीय दलको नेतामा विजयी भएसँगै  मुख्यमन्त्री हुने कन्फर्म  भएको हो  । संसदीय दलकै नेता मुख्यमन्त्री हुने  एमालेको विधान रहेको छ ।

शेरधन राईले  पार्टी पुर्व अध्यक्ष  झलनाथ खनाल निकट मानिने भीम आचार्यलाई हराए उदै  विजयी भए  भने  माधवकुमार नेपाल   निकट अष्टलक्ष्मी शाक्यलाई  हराउदै  डोरमणि पौडेल  संसदीय दलको नेतामा विजयी भए ।

 प्रदेश १ को  निर्वाचनमा पूर्वमन्त्री राईले २६ र प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका आचार्यले २४  मत हासिल गरे।  सो प्रदेशमा एमालेका ५१ सदस्य छन् । एक मत भने बदर भएको थियो ।

  आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका थिए । राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका थिए ।  

त्यस्तै  प्रदेश नं ३ को   निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । सो प्रदेशमा एमालेका ५८ सदस्य छन् । हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ