arrow

स्याङ्जा महोत्सव

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
syangja-mahotsab_(2).jpg

स्याङ्जा। स्याङ्जा महोत्सव  शुक्रवारबाट शुरु भएको छ। महोत्सवको उदघाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गरे। कार्यक्रममा कांग्रेस नेता धनराज गुरुङ पनि सहभागि थिए। महोत्सव सफल हुने आयोजकले जनाएको छ। "स्याङ्जा महोत्सवको आधार–पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मुल नारा सहित जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको हो। महोत्सव माघ २६ देखि माघ ८ गते सम्म १२ दिन चल्ने छ ।

प्रदेश नं. ४ स्तरिय औद्योगिक, कृषि, पर्यटन, साँस्कृति, सूचना प्रबिधी तथा व्यापार मेला नाम दिईएको महोत्सवमा ३ लाख आन्तरिक र बाह्यि पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ८ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ। 

महोत्सवले स्थानीय उत्पादन तथा कृषिजन्य वस्तुको खरिद बिक्री, कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउने बताइएको छ । महोत्सवमा स्याङ्जा, कास्की, पाल्पा, तनहुँ सहितका छिमेकी जिल्लाबाट व्यापारिक कारोबार गर्न व्यवसायिक आउने अपेक्षा सहित ३ सय स्टल निर्माण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ