arrow

लागू औषध नियन्त्रण महाअभियानमा जुटे ढिकुरपोखरीबासी

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
anti-drugs-campaign.jpg

पोखरा। अन्नपूर्ण गाउपालिका ढिकूरपोखरीमा लागू औषध नियन्त्रणको लागि सचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ । वडा प्रहरी कार्यलय बगर, प्रहरी चौकी नौडाडा,अन्नपूर्ण गाँउपालिका वडा नं १, २ र ३ को आयोजनामा र्‍याली निकालिएको हो । 

कूलतबाट भाबी पूस्तालाइ बचाऔ,लागू पदार्थको सेवन लिन्छ हाम्रो जीबन,नशालाइ छोड दिनुस,जीबनलाइ नयाँ मोड दिनुस, नसिलो पदार्थबाट हुनुहोस दूर,जीबनमा सूख पाउनुहोस भरपूर जस्ता प्लेकार्ड सहितको र्‍याली अन्नपूर्ण गाउँपालिकाको काँडे पाउदुर कोट,पत्थर,लक्ष्मी देउराली,चुहिने पहरा,क्याम्पस गेट,नौडाडा,सिम्पाली हुँदै सृजना माबिमा पूगेर कोण सभामा परिणत भएको थियो । 

र्‍यालीमा बिभिन्न संघ संस्थाका झण्डै दुई हजार बढीको सहभागीता रहेको थियो। 

कोणसभामा बोल्दै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले लागू पदार्थको बढ्दो प्रयोगलाइ नियन्त्रण र न्यूनीकरणको लागि नेपाल प्रहरीले कास्कीका ७२ वटै वडामा महाअभियान कार्यक्रम संचालन गरिरहेको बताए। उनले आम जनमानसमा लागू औषधको दुरुपयोग सम्बन्धमा जनचेतना अभिबृद्धी गर्दै यसका बिरुद्धमा नागरिक प्रहरी हातेमाले गर्दे अघि बढ्नु पर्नेमा जोड दिए।

बिश्वव्यापी साझा समस्याको रुपमा रही आएको  लागू औषध प्रयोग नेपालमा पनि समस्याको रुपमा देखिएको छ । बिशेषगरि मदिरा, सूर्तिजन्य, पदार्थ एबं गाजा चरेसको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको तथ्याङकले देखाएको छ। लागू पदार्थको अबैध ओसार पसार तथा कारोबारलाइ हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ