arrow

रक्त क्यान्सर पीडित केसीलाई विवेकशील साझा पार्टी, दोलखाको समाज सेवा क्लबको सहयोग 

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
bibeksil-help-blood-cancer-dolakha.jpg

काठमाडौँ। ब्लड क्यान्सर बाट पिडित भएर सिभिल अस्पताल, काठमाडौँमा उपचाररत दोलखा जिल्ला भीमेश्वर नगरपालिका ५ निवासी मदन केसीको उपचारको लागि विवेकशील साझा पार्टी, दोलखाको समाजसेवा क्लबले  सहयोग गरेको छ ।

आज समाज सेवा क्लवका प्रतिनिधिहरू अस्पतालमा नै पुगी बिरामी केसीका आमालाई  दश हजार पाँच रुपैयाँ हस्तान्तरण गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

क्लबका सदस्य विक्रम ओलीले भने, एकलाई समस्या पर्दा अर्को जुट्नु नै मानवता भएकोले पार्टीका सदस्य तथा शुभेच्छुकहरुले जिल्लाबासीलाई सहयोग गर्नु आफुहरुको कर्तव्य ठानी यथाशक्य सहयोग  गरेका हौं ।

हाम्रो अभियानमा आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै बिरामीको उपचारको लागि सम्पूर्ण सहयोगी हातलाई समेत सहयोगको निम्ति अपिल गर्दछौं । आगामी दिनमा समेत समाज सेवा क्लबमार्फत् विभिन्न सामाजिक कामहरूलाई निरन्तर राख्नेछौं ओलीले भने। 

केसीको उपचारमा उनका साथी विद्यार्थीहरुले चिया बेचेर करिव साँढे ४ लाख उठाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ